उमेरले लगभग २२ छुनै लाग्दा, म कहिलेकाहीं मेरो विगतका दिनहरू सम्झिन्छु। ती समयसँग आजका दिनहरू दाँज्दा मैले भेटाएको अन्तरहरु यस लेखमा समेटिएका छन्। सायद, तपाईंहरूले पनि महसूस गर्नुभएको छ होला, पढेर प्रतिक्रिया दिनु है!
आखिर कहाँ गयो होला त्यो समय जहाँ आफूले भेटेजति सबै आफ्ना साथी झैं लाग्थे । सबैलाई आफ्नो घरमा लगि ती सबलाई सँगै राख्न पाए कस्तो हुँदो हो जस्तै लाग्थ्यो।
जहाँ आफ्नो वरिपरि केवल माया र निश्चलता देखिन्थ्यो र सबैमा बिना भेदभाव माया बराबरी बाँडिन्थ्यो।
जहाँ जनावरलाई पनि कुनै भेदभाव नगरी माया गरिन्थ्यो, गाली खाई-खाई पनि उपियाँ परेको कुकुर आफ्नो छातीमा टाँसिन्थ्यो।
जहाँ हरेक आफन्त वा छरछिमेकीको कुरामा माया भेटिन्थ्यो, उहाँहरूको घर जाने भन्दा मन दुई वित्ता माथि उफ्रिन्थ्यो।
जहाँ केवल भाँडाकुटी र कपडाका गुडिया खेलिन्थ्यो , टुटे पनि खेलौना भन्दा बढी केही टुट्दैनथ्यो।
जहाँ दिनभरि खेल्दा लागेको घाउ चोट आमाको गाली र औषधिले नीको हुन्थ्यो र राती आनन्दको निद्रा लाग्थ्यो।
जहाँ ठूलाबडाले यो त अहिले बच्चै छे भनेर मैले अन्जानमा भनेका उटपट्याङ कुरा एकैचोटीमा बिर्सिदिन्थे।
जहाँ साथीभाई सँग दिनभरि हुने सानाठूला झगडा एउटा मिठाईको भरमा सल्टिन्थ्यो।
जहाँ ठूलो हुन पाए कस्तो हुँदो हो झैं लाग्थ्यो र सधैं दादा दिदी जस्तै ठूली हुन पाए भन्ने भान हुन्थ्यो।
तर, दुनियाँको चलखेल बाट टाढा म बच्चोलाई के थाहा, ठूलो हुँदा केवल उचाई मात्र होइन, अरु थुप्रै कुरा पनि परिवर्तन हुँदा रहेछन्।
सानोमा सोचेजस्तो आफूले भेटेका र चिनेका सबै साथी हुन्न रहेछन्। सबलाई घरमा राख्न त सकिन्थ्यो होला , तर मनमा राखिरहन गार्हो हुँदो रहेछ।
सानोमा सोचेजस्तो सबैतिर माया र निश्चलता हुन्न रहेछ, छल कपट नि साथ-साथ आउँदा रहेछन्। धनी- गरीब, यो जात त्यो जात भन्दै माया र इज्जत तौलेर बाढिने रहेछ।
मैले सानोमा बिना कुनै घिन नमानी उपियाँ परेको कुकुरलाई पनि छातीमा टाँसेर राख्ने गर्थेँ, अहिले त मान्छेले हैसियत हेरेर मान्छेलाई नै छिछी दुरदुर गर्न थालेछन्।
मलाई सानोमा सधैं माया गर्ने आफन्त, छर-छिमेकको त्यो माया पछाडि घृणा र होच्च्याई पनि लुकेको हुँदो रहेछ।
मैले सानोमा सोचेजस्तो जीवनमा खेलौनासँग मात्र खेलिन्न रहेछ, मान्छेले उमेर बढ्दै जाँदा अरूको मनसँग नि खेल्ने रहेछन् र त्यो मन पनि जोड्नै नसकिनेगरी टुट्ने रहेछ।
मैले सानोमा सोचेजस्तो आमाको गाली र औषधिले सबै घाउ निको हुन्न रहेछन्, निको बनाउनै नसकिने जिन्दगीमा हजारौं घाउ लाग्दा रहेछन् र तिनले कति रात सुत्न दिन्न रहेछन्।
मेरो गल्ती सानोमा बिर्सिएजस्तो, अहिले केही कुरा अन्जानमै गर्दा पहिलेजस्तो हुन्न रहेछ, अहिले त “कस्ति लाज पचेकी, जे पनि गर्छे” भन्दै सधैं भरी घोच्ने वचन लगाइरहने रहेछन्।
मैले सानोमा सोचेजस्तो एक टुक्रा मिठाईले सबै कुरा ठीक नहुने रहेछ, झगडा नै नपर्दा नि तेस्रो व्यक्तिको कुराकै आधारमा जीवनभरि नसल्टिने झगडा पर्नेरहेछ।
यी सब कुरा यसरी परिवर्तन हुने थाहभाको भए म सायद सधैं बच्चै रहिरहुँ भनेर भगवानलाई बिहान बेलुका प्राथना गर्थेँ होला। तर दुर्भाग्यवश, भगवानलाई साँचो मनले पुज्न पर्छ, ईच्छा पुरा हुन्छ भन्ने सोच्ने मलाई के थाहा, यहाँ मान्छे आफ्नो इच्छा पूरा गर्न भगवानलाई समेत घुस दिई देखावटी भाक्दा रहेछन्।
“Childhood is an age of innocence when life begins.”
– Urvashi Vats
Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!!
Dherai ramro xa 💕 khusi lago padera …aajai dherai padna paum …..keep on going💕💕
LikeLiked by 2 people
Aww! Thankyou love ❤️ Will try my best on posting more!
LikeLiked by 2 people
सबैको जीवनमा मेल खान जाने कुरा।
LikeLiked by 3 people
😀
LikeLike
Nice ☺️
LikeLiked by 1 person
Thankyou so much!
LikeLike
Nostalgic! Applaud your sensitivity. Hope you keep it alive; no matter what people say or think:)
LikeLiked by 1 person
Best comment ever! Thankyou so much. This means a lot. I will try my best to keep it alive. 🥺
LikeLiked by 1 person
Pingback: Changes! -Translation – Anjaliutters
Pingback: मेरा साना-ठूला गन्थन: – Myworld
Rajstani padneme bahot maza aa raha he
LikeLiked by 1 person
This is Nepali Language ❤️ Language of Nepal!
LikeLike
Ok
LikeLiked by 1 person