१३ बर्षे स्कुले जीवन मैले मेरो बाबाले पढाउने विद्यालय मै बिताएँ। बाबा छोरी एउटै स्कूलमा हुँदा मैले देखेका र महसूस गरेका कुरा यस लेखमा समेटिएका छन्। आशा छ माया गरिदिनु हुनेछ।
“बाबा म पनि ठुली भएपछि तपाईं जस्तै शिक्षक बन्छु हस् ?” मैले बाबालाई हेर्दै भनें। बाबा मलाई हेर्दै मुसुमुसु हाँसिरहनुभएको थियो। मैले त्यस बेला त्यो हाँसोको अर्थ ठम्याउन सकिनँ, सायद बाबा त्यो हाँसोमा लुकाएर केही भन्न, केही बुझाउन खोजिरहनुभएको थियाे।
मेरो बाबा एउटा स्कुलमा नेपाली विषय पढाउने शिक्षक हुनुहुन्थ्यो। म पनि त्यही स्कुलमा कक्षा नर्सरीदेखि पढ्दै आएकी थिएँ। म भर्खरै कक्षा ४ सकेर ५ मा उक्लिएकी थिएँ। गणित र विज्ञान भनेपछि ज्वरो आउने मलाई ती विषय पढ्नै नपरे हुने जस्तो लाग्थ्यो। त्यसमाथि रोगी शरीर, स्कुल बेलाबखतमा छुटिरहेकै हुन्थ्यो। नभन्दै कक्षा ५ को जाँचमा म गणित विषयमा गुल्टिएँ। त्यस जाँचमा अरु फेल भएका साथीको जस्तै म पनि मेरो दिमागले गणित टिप्न नसकेर फेल भएकी थिएँ। तर, त्यो समय एक साधारण स्कुलमा पढ्ने, कक्षा ५ कि एउटी साधारण विद्यार्थी फेल भएकी थिइन, त्यहाँ त आफ्नै बाबाले पढाउने स्कुलमा, एउटा शिक्षककी छोरी फेल भएकी थिई। आफन्त र छरछिमेकीले त फेल भएदेखि “शिक्षककी छोरी भएर पनि फेल हुन्छे” भनेर गिज्याउन थालिसकेका थिए, त्यसमाथि आफ्नै कक्षामा कति साथी र शिक्षक शिक्षिकाबाट समेत त्यस्तो घोचाइको अनुभव हुन्थ्यो।
त्यसपछि म कक्षा ६ र ७ मा गणितमा फेल भइरहन थालेँ। एकचोटिमात्र फेल हुँदा त त्यसरी गिज्याउनेले लगातार फेल भइरहँदा सब मिली मलाई एक लायक शिक्षकको नालायक छोरीको दर्जा दिइसकेका थिए। जब – जब परीक्षाको रिजल्ट हुने बेला हुन्थ्यो, मेरो मन दुख्न थाल्थ्यो, फेरि पनि सबैले मलाई हैन, एक शिक्षककी छोरीलाई गाली गर्ने छन्, मलाई सुध्रिनुपर्ने भन्दै मेरो बाबालाई वचनको तिखो बाण रोप्ने छन् भन्ने कुराले मलाई सताउन थाल्थ्यो।
शिक्षककी छोरी भएकै कारण अरु साथीका बुबाआमाले मेरो जाँचमा आएको अङ्कसँग साथीहरुको अङ्क दाँज्नुहुन्थ्यो। मेरो भन्दा आफ्नो सन्तानको बढी आएको देख्दा उहाँहरुको सान नै बेग्लै हुन्थ्यो। मभन्दा राम्रो गरे तारिफ पाउने साथीहरुले मभन्दा कम अङ्क ल्याउँदा गाली साथसाथ सजायसमेत पाएको अझै याद छ।
म पढाइमा आलु भए पनि अन्य बाहिरी कार्यक्रममा सधैं भाग लिइरहन्थेँ र बेलाबखतमा केही पुरस्कार पनि हात पार्थेँ। जब ती सब कुरा अरूले थाहा पाउँथे, तब आफ्नै बुबा शिक्षक भएको केही त फाइदा हुने भइहाल्यो नि जस्तो कुरा गर्थे। छोरी भाग लिने र बुबाले जिताइदिने जस्ता थुप्रै कुरा पनि सुन्न पाइन्थ्यो। म बेलाबेलामा पत्रपत्रिकामा पनि केही न केही लेखेर पठाइरहेकी हुन्थेँ। कहिले कविता, कहिले दैनिकी त कहिले यात्रा संस्मरण छापिइरहेकै हुन्थ्यो, त्यो बेला कसैले पनि म आफैँले लेखेको भनेर पत्याउँदैनथे, सबैले बाबाले लेखेर पठाइदिनुभएको भन्ने सोच्थे। “ल यो लेखमा के लेखेको छ, नहेरी भन त” भन्दै परीक्षा लिन खोज्थे। जब म केही राम्रो काम गर्थेँ तब मेरो बाबा मास्टर भएर त्यो गरेको ठानिन्थ्यो त जब मैले केही बिराउँथे तब म शिक्षककी छोरी भएर त्यति पनि गर्न नसकेको कहलिन्थेँ।
शिक्षककी छोरी हुनुको अर्को पीडा साथीभाइको कचकच सुन्नु पनि हुन्थ्यो। “तँ त सरकी छोरी, तैँले त होमवर्क नगरे नि सरले के भन्नुहुन्छ र?” यो साथीहरुले मलाई सोध्ने साधारण प्रश्न थियो। उनीहरूलाई बाबाले कक्षामा मलाई अरुभन्दा बढी महत्त्व दिनुहुन्छ र गल्ती नै गरे पनि केही गर्नुहुन्न भन्ने भ्रम थियो। वास्तवमा बाबाको नालायक विद्यार्थीको लिस्टमा म खासै धेरै तल थिइनँ, बाबाको लागि विद्यालय परिसरभित्र म कहिले पनि बाँकी विद्यार्थीभन्दा केही फरक भइनँ। ” छोरी कुटेर बुहारी तर्साउने” समाजमा हुर्कनुभएका मेरा बाबाले अरुलाई तर्साउन पनि मलाई नै सजाय दिनुभयो होला बरु ! सायद त्यसैले स्कुले जीवनको १३ वर्षसम्म मलाई कहिले नि कक्षाकोठामा बाबाले पढाइरहनुभएको छ भन्ने महसुस भएन, सधैँ बाबालाई एउटा नेपाली शिक्षकको रूपमा देख्ने मैले कतिचोटि त घरमै समेत सर भनि बोलाएको याद आउँछ।
बाबाले नेपाली विषय पढाउने भएर हो कि, मलाई नेपालीमा अलि बढी रुचि भएर हो, म नेपाली विषयको राम्रै विद्यार्थी थिएँ। जाँचमा पनि राम्रै अङ्कले उत्तीर्ण हुन्थेँ। जहिले पनि म पढिरहेको कक्षाको नेपाली विषयको जाँचको प्रश्न अरु नै शिक्षकलाई बनाउन दिने बाबाको बानी थियो। साथीहरुले बाबाले मलाई परीक्षाअगावै जाँचका प्रश्नहरू दिनुहुन्छ भन्ने निकै ठुलो भ्रम पालेका थिए। उनीहरू जाँचको अघिल्लो दिनदेखि नै मलाई भोलि कुन कुन प्रश्न आउँछ भनी सोध्न तम्तयार बसेका हुन्थे। त्यस्तै जाँचका प्रश्न त अरूलाई बनाउन दिने बाबाले कहिले पनि म पढिरहेको कक्षाको जाँचको कापी घर लिएर आउनुभएन, साथीहरु जस्तै म पनि मेरो कापी त्यही रिजल्ट हुने दिन नै हात पार्थेँ। तर, साथीहरूलाई म बाबाले जाँचका कापी घर लिएर आउनुहुन्छ र म घरमै बसेर परीक्षामा भएका गल्तीहरू सच्याउँछु भन्ने ठुलो भ्रम थियो। कतिजना त “तँ त सरकी छोरी, आफ्नो जस्तै मेरो पनि यो सच्याइदे न है घर गएर” समेत भन्न भ्याउँथे।
कहिलेकाहीँ म सानो बेलाको मेरो प्रश्नमा बाबाको त्यो हाँसोले के भन्न खोजेको थियो होला भनेर सोच्ने गर्छु। बाबाले कतै “राम्रो काम होस् या गल्ती होस्, केही गरे पनि आफूले साथै सन्तानले समेत जस नपाउने यो पेसामा लागेर के गर्छ्यौ छोरी” भन्न खोज्नुभएको पो थियो कि भन्ने पनि आभास हुन्छ।
आजभोलि मैले पहिलेजस्तो परीक्षामा आलु नखाएको धेरै भइसक्यो। पहिले हेरी अहिले मेरो अन्य गतिविधिमा पनि निकै सुधार भएको छ। धेरै वर्षअघि नै आफ्नै बाबाले पढाउने स्कुलबाट एसएलसी सकाएर अहिले युनिभर्सिटी लेभल पुग्न आँटेकी छु, त्यै पनि अझै कतिलाई मेरो जीवनमा यस्तो भैराछ भनेर सुनाउँदा नबिराईकन भन्ने गर्छन् “त्यति त हुने भइहाल्यो नि, तिमी शिक्षककी छोरी न पर्यौ !”
” Every child is gifted, They just unwrap their packages at different times.”
Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!!
राम्रो लाग्यो।
LikeLiked by 1 person
Thankyou so much!
LikeLike
Good and real story shows the ways to those who are in the same path like your’s.keep going on writting.
LikeLiked by 2 people
Thankyou so much ❤️, Do check other articles as well!
LikeLike
Gives a new perspective on where we stand as a society.
Well done👏
LikeLiked by 1 person
Thankyou so much! 💙 , Do check other articles as well!
LikeLike
Loved it!
LikeLiked by 2 people
Thankyou so much! 🙏, Do check other articles as well !
LikeLike
Loved it so much, Keep writing.
LikeLiked by 2 people
Thankyou so much! Do check my other articles too! ❤️
LikeLike
I really like the quote at the end of your post.
LikeLiked by 1 person
Thankyou so much sir! I will be posting it’s translation day after tomorrow! Hope you will like it too ❤️ Thankyou for reading 🙏
LikeLiked by 1 person
Pingback: Teacher’s Daughter – Translation – Anjaliutters
Pingback: “शिक्षककी छोरी!” – Myworld
Hi there, i read your blog occasionally and i own a similar one and i
was just wondering if you get a lot of spam feedback?
If so how do you reduce it, any plugin or anything you can advise?
I get so much lately it’s driving me insane so any support is very
much appreciated.
my web site https://www.24nova.com/user/profile/157894
LikeLike
Anjali Didi it’s wonderful,
सायद म आफुनै शिक्षककी छोरी भएर होला आफूले गर्न नसकेको गुनासो हजुरकै तर्फबाट बुझ्न पाएर भएपनि सार्है मन छोयो ।मत आफूले मात्रै महसुस गर्थे सोचेको थिएँ तर सबै शिक्षकका सन्तानलाई सार्है गारो हुँदो रहेछ ।राम्रो गरेमा खासै वास्ता नपाउने र अलिकति काम बिग्रिदैमा “छ्या यो त शिक्षककी छोरी भएर नि यति गर्न सकिन” भन्ने धेरै मैले पनि सुनेकी छु। Ahile pariwar le nai sahayog gare pani samaj le uthayeko aawaj ma gumsina pugxa .
🥰🥰🥰It’s very very lovely Di and miss u 😚❣️
LikeLike
Thankyou nani ❤ Glad you can relate to this 😉
LikeLike