“कति छुकछुक गरेर बसेको चुप लागेर पढ्न जा, कति उफ्री मात्र रहेको पढ्न पर्दैन तँलाई? अस्ति जाँचमा कुन विषयमा कम अङ्क ल्याइस्, त्यै पढेर बस्, जा ! उफ्री मात्र रहने होइन, फलानाको छोराले यति अङ्क ल्याएको छ, तेरो चाहिँ किन यति कम?” यी सब हामी सबैले हाम्रो जीवनकालमा कहिले न कहिले हाम्रा ममी बाबाबाट सुनेकै छौँ होला । अभिभावकले धेरैजसो बेलामा आफूले भनिरहेको त्यस्तो कुराले आफ्ना सन्तानमा कस्तो असर परिरहेको छ होला भनेर चाहिँ त्यति हेक्का राखेको पाइन्न। हरेक दिन केही न केही त्यस्तो ननिको कुरा सुनि रहँदा आफ्ना बच्चाको मानसिकतामा परिरहेको असरबारे अनभिज्ञ अभिभावकको कत्ति कमी छैन यहाँ । हरेक दिन अरुसँग दाँजिँदा बालबालिकामा त्यो दाँज्ने मान्छे र जोसँग आफू दाँजिइरहिएको छ, त्यसप्रति वितृष्णा जागेर आउने गर्छ। यसले अहिले मात्र नभएर भविष्यमा पनि ती बालबालिकाको मानसिकतामा गहिरो असर पार्न सक्ने तथ्य थुप्रै खोज अनुसन्धानले पत्ता लगाएका छन्।
तलको पत्र त्यस्तै बालबालिकाले लेखेका हुन्। यो पत्र हरेक त्यस्ता अभिभावकका लागि हो, जसले आफ्ना बच्चाको परीक्षाको नतिजा हेरेर उसको जीवनको मूल्याङ्कन गर्नुहुन्छ। अरू प्रशस्त खुबी भए पनि पढाइमा कम अङ्क ल्याएकोमा त्यो बच्चालाई अरूको अगाडि अपमानित गर्नुहुन्छ। यो पत्र ती सम्पूर्ण अभिभावकलाई हो,जो आफ्ना बच्चाबाहेक अरु सबैका बच्चालाई ज्ञानी र सज्जन ठान्नुहुन्छ र आफ्ना बच्चालाई बारम्बार ती अरू बच्चा झैँ बन्न दबाब दिनुहुन्छ।
सम्पूर्ण अभिभावकहरुलाई बालबालिकाका तर्फबाट यो खुला पत्र
आदरणीय मामूबाबा,
आज एक्कासि यो पत्र कताबाट र किन लेख्न भ्याई भन्ने तपाईंहरूको मनमा अवश्य खेलिरहेको होला । हेर्नु न, फेरि पनि मेरो परीक्षाको नतिजा प्रकाशित हुने बेला भइसक्यो भन्या ! मनमा एक किसिमको अनौठो डर लागिरहेको छ । परीक्षामा थोरै अङ्क या तल्लो ग्रेड आउला भन्ने डरभन्दा पनि तपाईंहरूले चाहेजति अङ्क या चाहेको जस्तो ग्रेड ल्याउन सक्छु कि सक्दिनँ भन्ने डर बसेको छ मनमा । तपाईंहरूका साथी या आफन्तका छोरा या छोरीभन्दा धेरै अङ्क ल्याउन सकिनँ भने फेरि पनि तपाईंहरूले महसुस गर्नुपर्ने लज्जाबोधको डर जरा गाडेर बसेको छ मनमा । सधैँभरि अरूभन्दा धेरै अङ्क या राम्रो ग्रेड ल्याउनुपर्छ भनेर सिकाउनुभयो, तर मैले आजसम्म कहिल्यै त्यस्तो अङ्क या ग्रेड ल्याउन नसक्दाको निराशा अझै एकपटक फेरि पनि तपाईंहरूले महसुस गर्नुपर्छ भन्ने डर बसेको छ मनमा ।
तपाईंहरूको अपेक्षा पूरा गर्न नसक्ने चिन्ताले कति राति म रुँदै सुतेकी छु । फेरि तपाईंहरूको निरास अनुहार हेर्नुपर्ने छ र ममाथिको बाँकी अलिअलि विश्वास फेरि गुमाउने छु भन्ने डर बसेको छ मनमा ।
हरेक समय जब तपाईंहरु मेरो कोठामा म पढिरहेकी छु कि छैन भनेर हेर्न आउनुहुन्छ, तब म झन् आत्तिन्छु । यो मामूबाबाको माया हो भनेर त बुझ्छु, तर सो मायाबराबरको अङ्क ल्याउन नसकुँला कि भन्ने डर छ मनमा ।

स्कूलले मैले थोरै अङ्क ल्याएकोमा तपाईंलाई स्कुलमा बोलाउँदा लज्जित भएको तपाईंहरूको अनुहार गढेर बसेको छ मेरो मनमा । हरेक उत्सव या चाडपर्वमा पढ्नु छ भन्ने बहाना बनाएर म घरमै बस्ने गर्छु किनकि म कतै आफन्तकहाँ गएँ भने फेरि पनि तपाईंहरूलाई कसैले कति थोरै अङ्क तपाईंकी छोरीको भनेर जिस्काउँछन् कि भन्ने डर छ मेरो मनमा ।
सानो हुँदा ठुली भएपछि खेल्नु, रमाइलो गर्नु भन्नुभयो । तर मामूबाबा, अहिले ठुली भएपछि त म मेरो वरिपरि अन्धकार र डरसिवाय केही नै देख्दिनँ, कसरी र के खेल्नु ? कहिलेकाहीँ तपाईंहरूले म मात्तिएँ, भनेको टेरिनँ, पढिनँ, केयरलेस गरेँ भनेर कराउनुहुन्छ, त्यो बेला मलाई कोठामा चुकुल लगाएर रुन मन लाग्छ । त्यस्तो बेलामा म सधैं सोच्ने गर्छु सायद मेरो सट्टामा कोही पढाकु सन्तान भएको भए तपाईंहरू कत्ति खुसी हुनुहुन्थ्यो होला, तपाईंहरूको सान नै बेग्लै हुन्थ्यो होला ।
तर मामूबाबा, तपाईंहरूको हरेक चोटिको अरूलाई जित्नुपर्छ र अरूभन्दा राम्रो अङ्क ल्याउनुपर्छ भन्ने कुरा सुन्दासुन्दा मलाई आफ्नो जीवनमा अरू केही कुराको औचित्य नै बाँकी नरहेको महसुस हुन थालेको छ । दिनभरि रट्टा मारेर, दिमागले भ्याएसम्मको पढेर अरू केही कुरा गर्ने समय नपाउँदा थाकिसकेँ म । दिनभरि लगातार ८ घण्टा स्कुलमा पढेर आउँदा पनि एकछिन बस्न नदिई, फेरि पढ्न जाऊ भनि रातीसम्म पढ्नुपर्दा थाकिसकेँ म । राम्रो अङ्क ल्याउँछु भन्दै तपाईंहरूले ४ वर्षमा ३ ओटा बोर्डिङ्ग स्कुल फेर्दिसक्दा थाकिसकेँ म । साथीहरूसँग घुम्न नगई घरभित्रै बसी पढिरहनुपर्दा थाकिसकेँ म ।
बाबा, तपाईं आफ्नो स्कुलको अब्बल विद्यार्थी हुनुहुन्थ्यो, अहिले मैले त्यस्तो गर्न नसक्दा तपाईं मसँग रिसाउनुहुन्छ । थाहा छ, तपाईंलाई मेरो पढाइको चिन्ता छ तर म पनि मैले सकेसम्म कोसिस गरिरहेकै छु । मेरो दिमागले भ्याएसम्मको पढिरहेकै छु । मामू, थाहा छ, पहिला तपाईंहरू पढ्न जाँदा घरको सबै काम सकेर पढ्न जानुपथ्र्यो, त्यो बेला हेरी अहिले हामीले सुखले पढ्न पाएका छौँ, तर मैले थोरै अङ्क, मात्तिएर, सुख धेरै पाएर बिग्रेका कारण ल्याएकी होइन, मेरो खुबीले भ्याएसम्म, मैले सकेसम्म कोसिस गरेरै ल्याएकी हुँ । आखिर साथमा लोहोटा लिएर जाने मान्छेले सागरमै पुगेर पनि त्यही एक लोहोटा पानी त ल्याउँछ नि होइन र ?
मैले कतै एउटा सूक्ति पढेकी थिएँ :
मुण्डेमुण्डे मतिर्भिन्ना कुण्डेकुण्डे नवं पयः
साधवो नहि सर्वत्र चन्दनं न वनेवने ।।
अर्थात् टाउकैपिच्छे बुद्धि फरकफरक हुन्छ, कुवैपिच्छे पानी फरकफरक हुन्छ । सबै मानिस साधु पनि हुँदैनन् र सबै वनमा श्रीखण्ड पनि पाइँदैन । यो सूक्तिले भनेजस्तै आखिर फरक फरक बुद्धि र क्षमता भएको टाउको भएरै त होला मेरो पनि, हैन र ?

स्कुलले त सधैँभरि राम्रो अङ्क ल्याउन दबाव दिई नै रह्यो, साथीभाइले पनि थोरै अङ्क ल्याउँदा गिज्याइरहे तर मामूबाबा, तपाईंहरू पनि कम अङ्क या तल्लो ग्रेड देख्दा खिन्न देखिन थालेपछि मलाई आफूमै पनि केही कमी छ कि भन्ने महसुस हुन थालेको छ । कतै साँच्चिकै तपाईंहरूले भनेजस्तै मेरो दिमागको ठाउँमा गोबर नै त भरिएको छैन ? भनेर डर लाग्न थालेको छ । आज म खुलेर अरूको अगाडि जान पनि सक्दिनँ । कतै म तपाईंहरूले भनेजस्तै थोरै अङ्कका कारण त्यही भिडभाडमा हराउँछु कि भन्ने डर लाग्न थालेको छ मलाई। थाहा छ, तपाईंहरूलाई मेरो माया छ, त्यसैले यो सब भनिरहनुभएको छ, तर कतै अङ्क धेरै ल्याउने सुरसारमा म आफैं त्यो बोझको तल थिचिन्छु कि भन्ने निकै ठुलो डर छ मलाई !
मामूबाबा, प्लिज मलाई बचाउनुस्, मलाई यो बोझतल थिचिन नदिनू ! म गलिसकेँ। मलाई गाह्रो भइसक्यो !!
– उही तपाईंको सन्तान
मुण्डेमुण्डे मतिर्भिन्ना कुण्डेकुण्डे नवं पयः
साधवो नहि सर्वत्र चन्दनं न वनेवने ।।
Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!
Although I understand a little bit of Nepali, a friend of mine is very fluent, will suggest your blog to him.
LikeLiked by 1 person
Thankyou o much sir! I will upload the translation too in some days. I hope you will read it then! ❤️
LikeLiked by 1 person
Definitely, will read for sure! Thank you
LikeLiked by 1 person
Thankyou sir 🙏
LikeLiked by 1 person
my pleasure and please don’t address me as Sir, my name is Deepak.
LikeLiked by 2 people
Sure! 🙏
LikeLiked by 1 person
Lovely blog but not able to understand. Is this is Nepali language🤔
I am not able to understand but seems that this is a very gud post😊😊🤗♥️
LikeLiked by 2 people
Yes this is a Nepali post! I upload a Nepali Post every saturday! I will upload it’s translation in some days! I hope you will understand and read it then ❤️
LikeLiked by 2 people
Hmm definitely 😊😊
I don’t know that u post Nepali on evry Saturday😊😊🤗♥️♥️
LikeLiked by 1 person
I do every Saturday! ❤️ And English articles on other days! 😅
LikeLiked by 1 person
Hmm gud
LikeLiked by 1 person
😊😊🤗♥️
LikeLiked by 1 person
Tapaiharule maya gare jati padna nasakula ki vanne darr laagxa❤️
LikeLiked by 1 person
Thankyou so much for reading sudip! ❤️
LikeLiked by 1 person
I think this article should be featured in national daily. Comparison won’t do any good but it agonises us❤️
LikeLiked by 1 person
Aw! Thankyou so much! ❤️ It’s overwhelming! ✨
LikeLike
I was scrolling hoping to find a translation 😅 I’ll look out for the translated version of this 😊
LikeLiked by 1 person
I will upload the translation within 2 days! Hope you will get to read then! ❤️ Sorry for now!
LikeLiked by 1 person
No worries 😊
LikeLiked by 1 person
Impressive writing on kids point of view. Really you have raised a voice of children… nice post.♥️♥️♥️
LikeLiked by 2 people
Thankyou so much! ❤️🙏
LikeLiked by 1 person
Feeling of not being good enough is the worst…
We often forget everyone is special but in their own way. Getting good grades is very good but that’s not the only thing in life.
Very good post 👏
LikeLiked by 1 person
Thankyou so much seli ❤️ Only if half of the people knew this. People often start judging a child just on the basis of the grade that he gets in his exams. And that’s Terrible!
LikeLiked by 1 person
Actually I couldn’t understand but as I read this… it sounded very beautiful to my mother 😄. It seems about problem of a kid in studies, maybe?!?
LikeLiked by 1 person
Yes it is about a problem of kid in studies and all the mental pressures. I will upload the translation soon, hopefully you will like it ❤️
LikeLiked by 1 person
Tbh I liked this one as well. The best thing is people appreciating the vernaculars, their own language. So keep doing this!
LikeLiked by 1 person
Yess ❤️ And thankyou for appreciating even though you didn’t understand ✨
LikeLiked by 1 person
Every word from it hit me hard. It’s beautiful, Anjali.
And if I have to say, I really think that people nowadays don’t even understand what a child or a student could go through with words they have spoken regarding their studies. This is really a serious thing.. which could demotivate a student so deeply that no one could ever think of. I too have gone through this a lot of times just like every other child. Our knowledge is always determined by the marks we get in our exams.💔
LikeLiked by 1 person
So true arati ❤️ Parents think that’s their right to scold a child and ask them to do something they can or cannot do. We as grown-ups can take it lightly and really not care about those things but children they get hurt easily and these things really make them feel bad about themselves! This needs to stop, but I don’t know when all this will end!
LikeLiked by 1 person
Exactly..
And it’s not only about parents, but some relatives or really a stranger too make children feel that way..yes, this really needs to be stopped!
LikeLike
Pingback: सरी मामूबाबा ! – Myworld
Pingback: Sorry Mom and Dad! -Translation – Anjaliutters