तलको लेख आजको उज्यालो अनलाइनमा छापिएको छ। माया पाइने हो कि होइन भनेर डराउँदै सुरु गरेको मेरो लेखन सिलसिलामा अब अरू अरू अनलाइनमा पनि लेख छापिन थालेपछि म असाध्यै खुसी छु। तपाईंहरू सबैको मायाको लागि धेरै धेरै धन्यवाद! उज्यालो अनलाइनमा छापिएको लेख हेर्न यहाँ थिच्नुहोला!
पुस अन्त्यतिर चीनमा कोरोना नाम गरेको भाइरस खुब छिटोछिटो फैलिइरहेको छ रे ! यो भाइरस अन्य देशमा पनि फैलिसकेको छ रे ! यो भाइरस लागेपछि यसको उपचार छैन रे ! यस्तै गाइँगुइँ सुन्न पाइन्थ्यो जताततै । माघको अन्त्यतिर त कोरोना भाइरस नेपाल पनि छिरिसक्यो रे भन्ने हल्लाले प्रवेश गर्यो। कोही यसको नाम सुनेर डराइरहेका देखिन्थे भने कोही चाहिँ ‘कस्ता कस्ता भाइरस त पचाइयो, यो जाबो कोरोना के हो र !’ पनि भनिरहेका थिए । माघमा विदेशबाट आएका एकजना मान्छेमा नेपालमै कोरोना भेटियो भन्दा नि धेरैले खासै चासो दिएनन् ।
तर, जब चैत दोस्रो साता अर्को पनि केस देखियो भनेर सरकारले लकडाउन लागू गर्यो तब धेरैजसो नेपालीको मन चिसिन थाल्यो । त्यही पनि, लकडाउनको बेवास्ता गर्दै आफ्नै सुरमा डुल्ने, काम गर्ने मान्छे टन्नै थिए । त्यतिबेला र आजको दिनमा अरू केही नबदिलए पनि कोरोना संक्रमितको संख्या भने उम्दै बदलिएको छ । लामो लकडाउनका कारण कामविहीन भएका गरिब नेपालीको पेटमा समेत ‘लकडाउन’ गर्नुपर्ने अवस्था आएको छ । भोकका कारण सूर्यबहादुरहरूले सडकपेटीमै ज्यान गुमाएका छन् भने कैयौँले आत्महत्याको बाटोसमेत रोजेका छन् ।
जब सरकारले लकडाउन घोषणा गर्यो तब मुख्यतः दैनिक ज्यालादारीमा काम गरेर जीविका चलाउने वर्गलाई तनाव हुन थाल्यो । देशका सबैजसो क्षेत्रमा आर्थिक र मानसिक असरसमेत परेको देखियो । शैक्षिक क्षेत्रमा पनि यसको असर नपर्ने त कुरै भएन । तर, जसरी अन्य क्षेत्रका मानिस अहिले परिरहेको असरका कारण दुःखी छन् र आगामी दिनमा कसरी काम गर्ने र गुजारा चलाउन भन्ने पिरलोमा छन्, त्यहीँ विद्यार्थी भने ढुक्कैले बसेका देखिन्छन् । विद्यार्थीमा पनि बढीजसो स्कुले विद्यार्थीका लागि त यो लकडाउनको समय असाध्यै रमाइलोसँग बितिरहेको र सायद उनीहरू यस्तो कोरोना बिदा त हरेक वर्ष आइरहे हुन्थ्यो भन्ने कामना गरिरहेका पनि हुन सक्छन् । सरकारले कोरोनाकै कारण कक्षा १० को एसइई परीक्षा रद्द गर्दियो । कक्षा ११ को पनि रद्द भयो, तर अझै पनि परीक्षा हुने हो कि होइन, भए कहिले हुने हो भन्दै कक्षा १२ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी अन्योलमै छन् ।
म पनि सुरुको १/२ महिनाको लकडाउन अवधि खुसीसाथ रमाइलोमै बिताएकी विद्यार्थी हुँ । न कलेजले कुनै अनलाइन कक्षा सञ्चालन गरेको थियो, न लकडाउनअगाडि हुनै आँटेको परीक्षा दिनुपर्ने डर नै थियो । यत्रो वर्ष यसरी मरीमरी पढियो, अब अलिअलि भने नि आराम पाइयो भन्दै आनन्दले घरमा कहिले मोबाइल त कहिले टिभी हेर्दै दिन बिताइयो । फेसबुकमा पुराना फोटाहरूमा अनेकथरी कमेन्ट गर्दै, कहिले काइँयोको दाँत गन्दै, मकैका घोगामा कति दाना रैछन् भनेर गन्दै पनि दिन बिताइयो । कहिले आज ‘सेल्फ क्वारेन्टाइन दिन १५’ भन्दै फेसबुकमा स्टाटस हालियो भने कहिले यो गीतमा त यतिचोटि टुङटुङ गरेको रैछ भनेर समेत गन्न भ्याइयो ।
मोबाइलको ब्याट्री सकिए टिभी, टिभी हेर्न अल्छी लागे मोबाइल चलाउने गर्दै लगभग २ महिना बिताएपछि भने अलिअलि पिर लाग्न थाल्यो । उसै त स्नातक तहको अन्तिम सेमेस्टरको विद्यार्थी, त्यसमाथि कोरोना नभएको भए पूरै पढाइ नै सकिने बेलामा कतै पूरै वर्ष नै लस हुने त होइन भन्ने डरले सताउन थाल्यो । त्यति बेलासम्म पनि कलेजले अनलाइन कक्षा सञ्चालन गर्नेबारे कुनै निर्णय लिएको थिएन । एक त कलेज र त्रिविमाथिको ‘फ्रस्ट्रेसन’ त्यसमाथि सबै परीक्षा सकिइसक्नुपर्ने बेलामा अझै दुई सेमेस्टरको परीक्षा बाँकी हुनुको पीडा, कहिलेकहीँ त घाउमा नुन छर्किएको जस्तै पीडा हुन्थ्यो ।
बल्लतल्ल कलेजले अनलाइन कक्षा चलाउने जोहो गरेछ । अब त केही होला, केही त पार लाग्ला भन्ने आशले सुरु गरेको अनलाइन कक्षाले झन् ठुलो पीडा दिन थाल्यो । सातौँ सेमेस्टरकै परीक्षा कहिले हुने हो टुंगो थिएन, त्यसमाथि अब आठौँ समेस्टरको पनि समय खेर नफालौँ भनेर कलेजले अनलाइन पढाइ सुरु गरिदियो । उसै त सुरुमै टिभी र मोबाइलका कारण सातौँ समेस्टरकै पढाइ पोलेर खाइसकियो, त्यसमाथि अब आठौँ समेस्टर पढ्न थालियो । अब पछि कुनै वेला परीक्षा भइहाल्यो भने पक्कै पनि सातौँकै पहिले हुन्छ । त्यसका लागि फेरि सातौँको पढ्नुपर्दा आठौँको पढाइ त्यही समयमा पोलेर खाइहालिन्छ । पछि फेरि परीक्षाका लागि छुट्टै आठौँको पढ्नुपर्ने हुन्छ । न घरको न घाटको भनेको यही होला जस्तो लाग्न थाल्यो ।
सर, तपाईंको आवाज केही सुनिएको छैन ! कस्तो अड्कीअड्की आवाज आइरहेको छ ! मेरो घरमा त बत्ती नै छैन ! म त बारीमा बसेर पढिराछु सर, घरमा त नेटवर्क नै टिप्दैन भन्दै कनिकुथी २ महिना त्यही जुमबाट अनलाइन कक्षा पढियो । त्यसपछि त्यही भइरहेको कक्षा पनि त्रिविले प्रोफेसरहरूलाई अनलाइन कक्षाबारे तालिम दिने भनेर रोकिदियो । अब त एउटा सेमेस्टर पोलेर खाइसकेको र अर्को सेमेस्टरको हल्काफुल्का सुनपानी छर्किए जस्तो पढाइसँगै हामी थप अलपत्र पर्यौँ ।
लकडाउनको अवधिमा अनलाइनमार्फत थुप्रै किसिमका अनलाइन कार्यक्रम आयोजना भए । थुप्रै सेमिनार भए भने थुप्रै किसिमका सिप सिकाउने खालका सेसन पनि भए । पढाइ बन्द भएको मौकामा यस्ता विभिन्न अनलाइन सेमिनारमा भाग लिएँ, त्यहाँ अनेक किसिमका व्यक्तित्व विकाससम्बन्धी सिप पनि सिकेँ ।
यस्ता सेसनमा सहभागी भइरहँदा यो खाली समयमा अझै बढी केही गर्न सकिने रहेछ जस्तो आभास भइरहन्थ्यो । सानैदेखि आफ्नो स्तरअनुसारका लेखहरू लेख्न र आफ्नो मनमा लागेका कुराहरू नहिच्किचाई लेखमार्फत अरूसम्म पुर्याउने कोसिस गर्दै आएकी थिएँ । सधैँ लेखनलाई एउटा कला मात्र नसोचेर आफ्नो भित्री आवाज अरूसामु पुर्याउने एउटा माध्यम सोचेर सबैले बुझ्ने र सबैलाई सजिलो हुने भाषा प्रयोग गरी लेख्ने कोसिस गर्दै आएकी थिएँ ।
धेरै अघिदेखि नै एउटा ब्लग सुरु गर्छु भन्ने धोको थियो । सधैँ कहिले कलेज भनेर वा कहिले अरू कुनै काम भन्दाभन्दै आफ्नो ब्लग सुरु गर्ने धोको पूरा गर्न सकिरहेकी थिइनँ । सायद, मेरो ब्लग यात्राले पनि यही ‘कोरोने बिदा’लाई नै कुरिरहेको थियो कि के हो ! यस लकडाउनमा मैले ब्लग सुरु गर्ने निधो गरेँ । सानैदेखि जतिसुकै लेखेर आफ्ना कुरा अरूलाई भन्ने गरे पनि मान्छेलाई मेरो कुरा मन पर्ने हो कि होइन, कत्तिको मन पराइदिने हुन् मान्छेले भन्ने डर सधैँ मनमा लागिरहन्थ्यो ।
अचेल पनि जब म केही लेखेर पोस्ट गर्छु, तब खोइ कस्तो प्रतिक्रिया आउने हो भन्ने डरले सताइरहन्छ । मनमा डर र आफ्ना कुरा अरूलाई सुनाउने ठुलो धोकोसाथ मैले जुलाईदेखि आफ्नो ब्लग यात्रा सुरु गरेँ । ‘वर्डप्रेसडटकम’ नामको साइटमा गएर ब्लग पेज बनाएपछि आफूभित्र अर्कै किसिमको स्फूर्ति आएको महसुस भयो । त्यहाँ नयाँनयाँ लेख लेख्दै हाल्दा सुरुसुरुमा त मान्छेले के पढ्लान् र भन्ने डर थियो । तर, बिस्तारै नेपालीले मात्र नभई विदेशीले समेत मेरो ब्लग हेर्न थाले । आफूहरूले नेपाली नबुझ्ने भएकाले अंग्रेजीमा अनुवाद गर्दिन अनुरोध पनि आउन थाले । विदेशी पाठकको अनुरोधसँगै आफूले लेखेका नेपाली लेखलाई सकेसम्म अंग्रेजीमा अनुवाद गरेर पोस्ट गर्न थालेँ । माया पाइएला कि नपाइएला भनेर डराइरहेकी मलाई नेपाली भाषाका पाठकले भन्दा पनि बढी विदेशी पाठकले बढीले रुचाइदिए ।
अहिले ब्लग लेख्न सुरु गरेको मुस्किलले २ महिना भएको छ, तर मेरो ब्लगमा लगभग ८०० जना फलोवर पुगिसकेका छन्, तीमध्ये धेरै त विदेशी नै छन् । हरेक साताजसो म आफ्नो क्षमताले भ्याएसम्मका कुरा बटुलेर ब्लगमा एउटा नेपाली लेख पोस्ट गर्छु, त्यसलाई अनुवाद गरेर पनि हाल्छु । अरू पनि अंग्रेजीमा केही न केही लेखेर हालिरहेकै हुन्छु । कसैले फलो गर्ने हुन् कि होइनन् भनेर डराइरहेकी मलाई अहिले विभिन्न देशका अपरिचित मान्छेले धेरै माया दिइरहनुभएको छ । मेरो ब्लगमा प्रकाशितमध्ये एउटा लेख त एकजना रेडियोकी आरजेले उहाँको कार्यक्रममा पढिदिनु पनि भयो । यो लकडाउनमा मैले अरू केही सिके पनि नसिके पनि आफूमाथि भरोसा गरेर आफ्नो मनमा आएको कुरा चाहे त्यो प्रशंसायोग्य होस् या नहोस्, अरूसामु राख्नुपर्छ भन्ने कुरा यस दुई महिनाको ब्लग यात्राबाट सिकेकी छु । जहाँ म यो लकडाउनको सुरुवातमा केही पनि नगरीकन घरमै मोबाइल तथा टिभीमै झुन्डेर बसेकी थिएँ, अहिले म यसरी लेखहरू लेखेर अरूको माया र सल्लाह सुझाब बटुल्दै आफ्नो खुबी निखार्न पाउँदा निकै खुसी महसुस गर्दै छु ।
अहिले करिब ३ महिनापछि फेरि हाम्रो अनलाइन कक्षा सुरु भएको छ । अनलाइन कक्षा पढेर पनि मसँग लेखहरू लेख्न थुप्रै खाली समय छ । अब भोलिका दिनमा जब पुरानो भागमभागको जिन्दगी पुनः सुरु हुनेछ, तब पनि समय मिलाएर ब्लगमा लेखहरू पोस्ट गरिरहने निधो गरेकी छु ।
आफूमाथि विश्वास गर्न सिकाएर मलाई आफ्ना कुरा अरूसामु राख्ने फुर्सद जुटाइदिएको कोरोना अब भने छिटै हाम्रो जिन्दगीबाट टाढा जाओस् । जतिसुकै खाली समय दिएको भए पनि, जतिसुकै मान्छेलाई सिर्जनशील बनाइदिएको भए पनि यसले अहिलेसम्म संसारभर लाखौँको ज्यान लिइसकेको छ । देशविदेशमा यसले हाहाकार मच्चाएको छ ।
बिहान–बेलुका काम गरेर खान मुस्किल पर्ने वर्गमा भोकमरी सुरु भइसकेको छ । सरकार अस्तिनै जस्तो थियो, अहिले पनि त्यस्तै मौन नै छ । ठुलाबडाहरु कताबाट पैसा कमाउन सकिन्छ भन्ने ध्याउन्नमै छन् भने साना निमुखाहरु कसरी पेट पाल्ने भन्ने चिन्तामुनि दबिएका छन् । छिटोभन्दा छिटो यसको कुनै विकल्प ननिस्किए मानिस भोकमरी, मानसिक असन्तुलन र त्यसबाट जन्मिने हिंसाबाटै सिद्धिन बेर छैन । आशा गर्छु, यो सब कोरोना प्रकोप अब छिटै अन्त्य हुने छ ।
Translation will be uploaded on Monday!
Trust Your Journey and Give Yourself enough time to explore and learn!
-Anjaliutters
Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!!
This virus has shaken us all in many different ways, I hope you are well.
On another not, you are absolutely gorgeous!
LikeLiked by 2 people
I am fine Thankyou! And Thankyou so much for the compliment ❤️ It means a lot 🥺
LikeLiked by 1 person
You are welcome.
LikeLiked by 1 person
हामी बाँचिरहेको संसार मूलतया दुई रोग बाट संक्रमित छ। धनको असमान वितरण। शक्ति संघर्ष। कोविड-19 ले मात्र ऐनामा हामीलाई देखायो र हामी वास्तवमा को हौं भनेर प्रकट गर्यो।
LikeLiked by 2 people
१००%, अहिले हामीलाई देखाएको ऐना बाट हेर्दै सिकेर यदि केही गर्न सकियो भने राम्रो हुन्छ, यत्तिकै पहिलेकै स्थितिमा पुग्यौं भने फेरि केही न केही आइलाग्छ। यसबाट केही नयाँ सिकेर अगाडि बढ्नु पर्छ ❤️
LikeLiked by 1 person
Not able to understand but still it deserves a 👍👍🥰
LikeLiked by 2 people
Thankyou so much Dulcy! Will post Translation soon ❤️
LikeLiked by 1 person
Oo great 👍
LikeLiked by 1 person
Good to see you shining around and its highly appreciated.
Carona Sars 2 virus keep the world standstill and cut off the links globally. Deaths , miseries , hospital issues, haunt for vaccine, anxiety and stress and made most of the countries unproductive loss of job and survival issues and many…. yet there is no end for the same and wishing this will pass sooner and normal life resume back and smiles return on faces.
Good read and well done. 💯🌷⚘
LikeLiked by 3 people
You understand Nepali? 😨 Thankyou so much for appreciating ❤️
LikeLike
I can read write sanskrit so its near by to read many things not able to follow but i finally translate it and near by understand the carona covid issues on the article. I shared my thoughts. WOrld is small as near by translations available to understand the concept. Even though exact depth of expressions can not be reached honestly.
LikeLiked by 1 person
Wow! I want to learn Sanskrit too, but haven’t got the chance. Will try to learn soon ❤️
LikeLike
Its easy near to your language. Like Sanskrit and Pali if you learn you can follow any language easily and learn speak faster. I get this benefit and i can sense and grab faster always when its a tougher words can pronounce easily because of sanskrit. Its a magic blended language and mother of all languages of the world. Good luck and try to learn .
LikeLiked by 1 person
Yes, Sanskrit is the mother of all languages! ❤️ Will definitely learn in future 😊
LikeLike
Good luck and happy sunday
LikeLiked by 1 person
I wish you have a great week ahead!❤️
LikeLike
⚘ Thank you. Very kind. 🍀
LikeLiked by 1 person
Mitho❤️ as always! Keep shining.🤗
LikeLiked by 2 people
Thankyou so much Arati ❤️⭐
LikeLike
Absolutely true.
LikeLiked by 1 person
Thankyou?
LikeLike
Pingback: Lifestyle that Corona Changed – Translation! | Anjaliutters
So proud 😊
LikeLike
Thankyou so much ❤️
LikeLike
Your writing skill is so rich! ❤️
LikeLike
Thankyou so much ❤️ It means a lot 🥺
LikeLike
Thank you for sharing.
LikeLiked by 1 person
You’re welcome 😊
LikeLiked by 1 person