सरी मामूबाबा !

परीक्षामा थोरै अङ्क या तल्लो ग्रेड आउला भन्ने डरभन्दा पनि तपाईंहरूले चाहेजति अङ्क या चाहेको जस्तो ग्रेड ल्याउन सक्छु कि सक्दिनँ भन्ने डर बसेको छ मनमा ।

“शिक्षककी छोरी!”

शिक्षककी छोरी हुनुको अर्को पीडा साथीभाइको कचकच सुन्नु पनि हुन्थ्यो। "तँ त सरकी छोरी, तैँले त होमवर्क नगरे नि सरले के भन्नुहुन्छ र?" यो साथीहरुले मलाई सोध्ने साधारण प्रश्न थियो।